☰ open Loading... 25 March 2025|  

दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यू
पश्चिम नेपाल   | ९ चैत्र २०८१, आईतवार ०७:०६

दैलेखको दुल्लूमा चट्यांग लागेर एक जनाको मृत्यू भएको छ । दुल्लू नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेख प्रहरी इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिए ।

घर नजिक रहेको गोठमा भैसीहरू सार्ने क्रममा परेको चट्यांग लागेर बेहोस भएका गगनलाई स्थानीयले तत्काल उपचारका दुल्लु अस्पताल पु¥याएपछि चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

गगन चैत १२ गते हुने विज्ञान विषयको मात्र एसईईको ग्रेडबृद्धिको परीक्षा दिने कामका लागि घरमा आएको बेला चट्यांगमा परी मृत्यू भएको हो ।