☰ open Loading... 16 September 2025|  

घट्यो सुनको मूल्य, चाँदी स्थिर
पश्चिम नेपाल   | १० चैत्र २०८१, सोमबार ११:१७

नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा थप गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अज सुन प्रतितोला एक लाख ७३ हजार ५०० मा कारोबार हुँदैछ।

यसअघि प्रतितोला सुन आइतबार एक लाख ७४ हजार १०० रुपैयाँ थियो। त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी एक हजार ९८० रुपैयाँमा किनबेच हुँदैछ।