☰ open Loading... 28 March 2025|  

भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका सहायक प्रबन्धक उप्रेती पक्राउ
पश्चिम नेपाल   | १० चैत्र २०८१, सोमबार १९:५१

भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत अनुसन्धानपछि गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको ठहर गर्दै सर्वोच्च अदालतले उप्रेतीलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको थियो। तर, उनी सजाय वेरुजू भई फरार रहेका थिए।

आयोगको निर्देशनमा खटिएको प्रहरी टोलीले उप्रेतीलाई काठमाडौं महानगरपालिका–१६, बनस्थलीबाट आइतबार पक्राउ गरेको हो। पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरियो। अदालतको आदेशमा उप्रेतीलाई डिल्लिबजार कारागार चलान गरिएको छ।

चितवन, खैरहनी गाउँपालिका–८, जमौली स्थायी घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका ६५ वर्षीय उप्रेतीमाथि गैरकानूनी रूपमा अकूत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर भएको थियो। अदालतको फैसला अनुसार अब उनले जरिवाना तिर्नुका साथै ६ महिनासम्म जेल बस्नुपर्नेछ।

अख्तियारले उप्रेतीले भ्रष्टाचारमार्फत गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको थियो।