दैलेखको नारायण नगरपालिकामा लैङ्गिक हिंसा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बारेमा छलफल गरिएको छ ।
नेपाल सरकार, युरोपेली संघ ,र यूरोपियन युनियन, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए )को सहयोग तथा सोसेक नेपालसंगको साझेदारीमा सन्चालित सशक्त महिला, समृद्ध नेपाल कार्यक्रम अन्तर्गत नारायण नगरपालिकाको आयोजनामा मंगलबार नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा छलफल भएको हो ।
लैंगिकतामा आधारित हिंसाको रोकथाम, महिला तथा सिमान्तकृत समुदायको आर्थिक सशक्तिकरण, लैंगिक उत्तरदायी शासन र सामाजिक सँगै आर्थिक रुपमा सबल बनाउने उद्देश्य रहेको सशक्त महिला, समृद्ध नेपालका कार्यक्रम प्रमुख रमेश थापाले बताए ।थाका अनुसार नारायण नगरपालिकाको वडा नं. १, २ र ३ मा परियोजना लागू हुने छ । कर्णालीमा सशक्त महिला समृद्ध नेपाल’ ( ईडब्लुपीएन ) कार्यक्रम दैलेखको नारायण , सुर्खेतको बिरेन्द्र नगर, कालिकोटको शुभकालिका , खाँडाचक्र र रुकुम पश्मिको सानिभेरिमा परियोजनाले काम गरेको छ ।एमसी लगायतका संस्थाहरुको सहकार्य तथा लैंगिक सवालमा पैरबी गर्दै आएका सरकारी निकाय र नागरिक समाजसंग समन्वयमा काम गर्ने थापाले जानकारी दिए।


नारायण नगरपालिकाका उपप्रमुख तप्ता थापाले यस्ता खालका कार्यक्रम पहिला पनि गदै आएको छौ,पालिकामा भएका जनशक्ति लाई परिचालन गर्ने छौ, स्कूल नर्सिंग लाई पनि महिनाको एक पटक समुदायमा पठाउने प्रतिबद्धता गरे । जोडी सहजकर्ता, सामुदायिक सहजकर्ता ,स्कूल नर्सिंग समुदायमा परिचालन गर्ने निर्णय गरिएको छ । ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम कर्णाली प्रदेश लगायत मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश समेत गरी ३२ वटा स्थानीय तहमा चार वर्षका लागि सञ्चालन हुने छ ।



