☰ open Loading... 5 November 2025|  

सुनचाँदीको मूल्यमा भारी वृद्धि
पश्चिम नेपाल   | १३ चैत्र २०८१, बिहीबार ११:१८

नेपाली बजारमा सुनचाँदीको मूल्यमा आज (बिहीबार) भारी वृद्धि देखिएको छ। आज सुन एक हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ।

स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ।

बुधबार सोही परिमाणको सुन एक लाख ७३ हजार ५०० रुपैयाँ थियो। त्यस्तै चाँदी पनि ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।