☰ open Loading... 26 April 2025|  

मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, कसको पल्ला भारी ?
पश्चिम नेपाल   | १५ चैत्र २०८१, शनिबार ०६:२१

logo
EN
यहाँ टाईप गर्नुहोस् …

राजावादी प्रदर्शनगणतन्त्रवादी प्रदर्शनकुलमान घिसिङसमाजवादी मोर्चाकेपी शर्मा ओलीहितेन्द्रदेव शाक्यपक्राउराप्रपासर्वोच्च अदालतप्रदर्शनदक्षिण कोरियाप्रचण्डप्रतिनिधिसभा बैठक
logo
यहाँ टाईप गर्नुहोस् …
समाचार
एक्सक्लुसिभ
प्रदेश
अर्थतन्त्र
विचार
स्वास्थ्य
मनोरञ्जन
खेलकुद
शिक्षा
स्पेसल
अन्य
ग्लोबल
ताजालोकप्रिय
ताजालोकप्रिय
आज कहाँ कहाँ छ वर्षाको सम्भावना ?
महाकालीको बार आज तपाईंको दिन कस्तो रहला ? हेरौं राशिफल
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
चिनी उत्पादन अनुपातमा कमी
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
२४ घन्टाका ताजा अपडेट
स्ववियु निर्वाचन
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, कसको पल्ला भारी ?
पहिलो पटक एक्लाएक्लै चुनावी मैदानमा विद्यार्थी संगठनहरू
पंखबहादुर शाहीपंखबहादुर शाही
बिहीबार, १४ चैत २०८१, २२ : ३९
1.6K
Shares
facebook sharing buttontwitter sharing buttonwhatsapp sharing buttonsharethis sharing bu
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय (एमयू) मा ६ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुन लागेको छ । चैत १८ गते हुने निर्वाचनका लागि ९ वटा विद्यार्थी सङ्घ/संगठन दर्ता भएका छन् ।

निर्वाचन समितिका संयोजक दीपेन्द्रबहादुर थापाका अनुसार नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेपाली कांग्रेस निकट (नेविसंघ), नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा, मसाल, धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत, नेक्रविक्रम चन्द ‘विप्लव’ को नेकपा लगायतका दल निकट विद्यार्थी संगठन दर्ता भएका छन् ।

यद्यपि मुख्य प्रतिस्पर्धा तीन वटा संगठनबिच हुने आकलन गरिएको छ । एमाले, माओवादी र कांग्रेस निकट विद्यार्थी संगठनहरूले स्ववियु चुनावलाई प्रतिष्ठाको लडाइँ बनाउँदै आएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा लामो समयपछि चुनाव हुन लागेकाले दलहरूले प्रतिष्ठाको विषय बनाएका हुन् । कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पस ठुला शैक्षिक संस्था हुन् । चैत ५ गते हुने भनिएको सुर्खेत बहुमुखी क्याम्पसको चुनाव स्थगित भएको छ ।

त्यसपछि मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनावमा सबै दल अग्रसर भएका छन् । दलका प्रदेशस्तरीय नेताहरू नै विश्वविद्यालयमा पुगेर मतदातालाई प्रभावित पार्न व्यस्त देखिन्छन् ।

४ हजार ३८३ मतदाता रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट प्रत्यक्ष निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ ।

दुवै प्रणालीबाट निर्वाचित १४ जना सदस्यमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था छ । त्यसपछि कार्य समितिमा ५ पदाधिकारी र १२ जना सदस्य रहन्छन् ।

मध्यपश्चिम विश्वविद्यालयमा ०७३ साल भदौमा नेविसंघका झक्कबहादुर शाही स्ववियु सभापति निर्वाचित भएका थिए ।

स्ववियु कार्यसमितिको पदावधि साढे २ वर्षको हुने व्यवस्था छ तर तत्कालीन उपकुलपति उपेन्द्र कोइरालाले स्ववियु कार्यसमितिको कार्यकाल पूरा नहुँदै विघटन गरिदिएका थिए ।

कोइरालाले विश्वविद्यालयका तत्कालीन रजिस्टार महेन्द्र कुमार मल्ललाई ०७५ मंसिरमा निलम्बन गरे । स्ववियुले निलम्बनको विरोध गरेपछि कोइरालाले स्ववियु नै विघटन गरिदिएका थिए ।

कोइरालाको पदावधि सकिएपछि ०७६ मा नन्दबहादुर सिंह उपकुलपति भएर आए । उनले स्ववियु निर्वाचन गराउनेतर्फ ध्यान दिएनन् ।

विद्यार्थी संगठनहरूको दबाबमा तीन वर्षपछि अर्थात् ०७९ चैत ३ गते स्ववियु निर्वाचन हुने मिति तय भयो तर मतदानको पाँच दिनअघि उच्च अदालत, सुर्खेतमा रिट परेपछि निर्वाचन स्थगित भयो । रिटमा उच्च अदालतले सुनुवाइ गर्दै निर्वाचन स्थगित गर्न अन्तरिम आदेश जारी गरेको थियो । त्यो बेला व्यवस्थापन सङ्कायका विद्यार्थीहरूले आफूहरू पनि निर्वाचनमा सहभागी हुन पाउनुपर्ने मागसहित रिट दायर गरेका थिए ।

विश्वविद्यालयका आङ्गिक क्याम्पसमा चुनाव भइसक्दा केन्द्रीय क्याम्पसमा भने मुद्दा/मामिलाका कारण रोकिएको थियो । त्यसपछि गत भदौमा चुनाव गर्ने भनेर विद्यार्थी संगठनहरू दर्ता भइसकेका थिए । तर अन्तिम अवस्थामा आएर चुनाव स्थगित भयो ।

विज्ञान तथा प्रविधि सङ्कायका विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले निर्वाचन स्थगित गर्न आदेश गर्‍यो । त्यसपछि अदालतले नै चैत २० गतेभित्र चुनाव गरिसक्न भनेपछि अहिले विश्वविद्यालयमा चुनावको चहलपहल बढेको छ ।

पहिलो पटक एक्लाएक्लै मैदानमा विद्यार्थी संगठन

अहिले सत्तामा नेपाली कांग्रेस र नेकपा एमालेबिच गठबन्धन छ । तर मध्यपश्चिम विश्वविद्यालयमा भने विद्यार्थी संगठनहरू एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । संगठनहरूले विभिन्न एजेण्डामार्फत मतदातालाई आकर्षित गरिरहेका छन् ।

एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियु) बाट जगतजंग शाही अध्यक्षका उम्मेदवार छन् । उनी उक्त संगठनका प्रदेश कमिटी कोषाध्यक्ष समेत हुन् ।

शिक्षामा गुणस्तर सुधार गर्न सङ्घर्ष गर्ने, महिला विद्यार्थीलाई सेनेटरी प्याडको व्यवस्था, गरिब, जेहेन्दार, विपन्न विद्यार्थीलाई छात्रवृत्ति कोष स्थापना गर्ने, विद्यार्थीका लागि स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गर्ने, छात्राबासको व्यवस्थापन, अन्तर्राष्ट्रिय शैक्षिक भ्रमणको आयोजना गर्ने, कानुन फर्म सञ्चालन गर्ने, प्राविधिक धारको शिक्षालाई ध्यान दिने, एआई कक्षा सञ्चालन गर्ने लगायतका एजेण्डा शाहीका छन् ।

उनको टिमबाट सचिवमा भूपेन्द्र भण्डारी, कोषाध्यक्षमा विक्रम सिं मन्दिर मगर, सदस्यमा हिमाल उपाध्यक्ष, सुन्दर शाही, ढाकाराम लामिछाने, पंकज रेग्मी, रमेश खत्री, हस्त रोकाया र श्रवण खत्री उम्मेदवार छन् ।

माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष पदका उम्मेदवार छन्, २४ वर्षीय प्रकाश विक । १८ वटा चुनावी प्रतिबद्धतासहित उनको संगठन चुनावी मैदानमा छ ।

शिक्षामा सिपमुखी, प्रयोगात्मक, अनुसन्धानमुखी तथा व्यावहारिक हुने नवीनतम पाठ्यक्रम संशोधन र विकासमा पहल गर्ने, विश्वविद्यालयको व्यवस्थित शैक्षिक क्यालेण्डर, नतिजा प्रकाशन भएको एक हप्ताभित्र विद्यार्थीले जुनसुकै कागजात मागेको २४ घण्टाभित्र उपलब्ध गराउने व्यवस्था, गरिब, विपन्न विद्यार्थीलाई छात्रवृत्ति सुनिश्चित गर्ने, प्रत्येक सङ्कायमा सुविधा सम्पन्न हेल्थ सेन्टर स्थापना गर्ने, वर्षमा दुई पटक हरेक विद्यार्थीको निःशुल्क स्वास्थ्य चेकजाँच लगायतका एजेण्डा अखिल (क्रान्तिकारी)का छन् ।

विकको टिमबाट सचिवमा मोहन चौलागाइँ, कोषाध्यक्षमा दीप बहादुर सुनार, सदस्यमा रेखा बोहरा, रमेश शाही, संस्कृति विष्ट, गगनबहादुर थापा, रोशन रोकाया, जनक बुढा, निश्चल बस्नेत उम्मेदवार छन् ।

कांग्रेस निकट नेविसंघबाट विवेक खड्का अध्यक्ष पदको उम्मेदवार छन् । यस्तै सचिवमा भूपेन्द्र आचार्य, कोषाध्यक्षमा लोकप्रसाद रिजाल तथा सदस्यहरूमा विकास कुमार थापा, निशान्त शाही, शिव ढकाल, गणेश थापा, प्रतिक्षा थापा, विष्णुराज सिंह, प्रकाश सिंह छन् । नेविसंघले ११ वटा बुँदामा ५० बढी एजेण्डा सार्वजनिक गरेको छ ।

सबै विद्यार्थीको अनिवार्य निःशुल्क स्वास्थ्य बीमा, चमेनागृहको निर्माण तथा सञ्चालन, हरेक क्याम्पसमा आवश्यक उपकरण र स्वास्थ्यकर्मी सहितको हेल्थ सेन्टर लगायतका एजेण्डा नेविसंघका छन् ।

अध्यक्षका उम्मेदवारहरू सबैले चुनाव जित्ने दाबी गर्दै आएका छन् । नेविसंघलाई आफ्नो पुरानो साख बचाउनुपर्ने चुनौती छ । अखिल (क्रान्तिकारी)बाट अध्यक्ष उम्मेदवार रहेका विकले आफू नियमित विद्यार्थी भएको र सबै विद्यार्थीले आशा गरेका कारण चुनाव जित्ने बताउँछन् ।

यस्तै नेविसंघबाट अध्यक्षका उम्मेदवार विवेक खड्का पनि नेविसंघ नै विद्यार्थीको रोजाइको संगठन भएकाले चुनाव जित्ने बताउँछन् । अनेरास्ववियुका उम्मेदवार शाही पनि जित्ने भनेरै मैदानमा होमिएको बताउँछन् ।

रातोपातीबाट