☰ open Loading... 19 April 2025|  

अव, सुर्खेतदेखि काठमाडौं सुतेर यात्रा
पश्चिम नेपाल   | २३ चैत्र २०८१, आईतवार १९:११

सुर्खेतदेखि काठमाडौंसम्म यात्रुहरुले आईतवारदेखि सुतेर यात्रा गर्न मिल्ने नयाँ सिलिपर एसी बस सेवा सुरु भएको छ । सिद्धपाईला यातायात सेवा प्रा.ली.ले आईतवारदेखि यात्रुहरुको चाहनाअनुसार आफ्नो नयाँ सेवाका साथ रात्रीकालिन बस सञ्चालनमा ल्याएको हो ।

कतिपय बस ब्यवसायीहरुले पुरानै यात्रुहरुको सेवालाई ध्यानमा राखेर कर्णालीमै पहिलो पटक बसभित्रै सुतेर यात्रा गर्न सकिने नयाँ बस आईतवारदेखि सञ्चालनमा ल्याईएको सिद्धपाईला यातायात सेवा प्रा.लीका अध्यक्ष दिपेन्द्र सिंह ठकुरीले बताए ।

बसमा सवै सिटहरु आरामदायी रहेता पनि बसको विचमा ४ जना सुत्न र साईडमा २ जना यात्रु सुत्न मिल्ने रहेको छ । अन्य सिटहरु पनि आरामदायी भएकाले अरु बसभन्दा बस्न र सुत्न सहज हुने जनाईएको छ । यसरी यात्रु सुत्न मिल्ने बस कर्णालीमै पहिलो पटक सञ्चालनमा ल्याईएको प्रा.ली.ले दावी गरेको छ ।

सुतेर यात्रा गर्न सकिने बस आएसंगै विरामी लगायत अन्य यात्रुहरुलाई निकै लाभदायी हुने जनाईएको छ । अन्य यातायात ब्यवसायीहरुले यसपछि कर्णालीमा सुविधा सम्पन्न बसहरु सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

सुर्खेतदेखि काठमाडौ सुतेर यात्रा गर्न सकिने बस ।