सुर्खेत उधोग बाणिज्य संघको अध्यक्षमा हर्ष विक्रम खड्का निर्विरोध निर्वाचित भएका छन् । आज उम्मेदवारी दिने दिनको अन्तीम समयसम्म खड्काको मात्र एकल उम्मेदवारी परेपछी खड्का निर्विरोध चयन भएका हुन् ।
खड्का यसअघीको बाणिज्य संघको निर्वाचनमा लक्ष्मण कंडलेसंग पराजित भएका थिए । खड्काले वीरेन्द्रनगरमा सुर्खेत सञ्चार केन्द्र सञ्चालन गरेका छन् । अन्य पदाधिकारीमा पनि निर्विरोध गर्ने तयारी भएको छ । सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेतको निर्वाचन २०८२ बैशाख ६ गते हुने कार्यतालिका थियो ।
अन्य पदमा चुनाब
अध्यक्ष पदका लागि बरिष्ठ उपाध्यक्ष गणेश बस्नेत र महासचिव भद्र भण्डारी आकांक्षी रहेको चर्चा थियो । चुनावको संघारमा पुग्दा दुवै जना पछि हट्दै बस्नेत बरिष्ठ उपाध्यक्षमा दोहोरिएका छन् । बरिष्ठ उपाध्यक्ष पदमै दीपेन्द्र ढकाल, कलाधर उपाध्याय ‘शर्मा’ र प्रेम रावतको उम्मेद्वारी परेको छ ।


महासचिव भण्डारी बाणिज्य उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् । सोही पदमा सिंह



