कला, संस्कृती जर्गेना गर्दै दैलेखमा महोत्सव सुरु भएको छ । लोकतान्त्रिक चोक पुरानो बजारबाट सुरु भएको झाँकी महोत्सव स्थल काँडाचौरमा पुगेको थियो । लाखे नाच, टाकटुके नाच, तरवार नाच, पंचेबाजा लगायत लोप हुन लागेका संस्कृतीहरुको प्रर्दशनी गरिएको थियो । कर्णाली प्रदेशका भुमी ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहको प्रमुख अतिथ्यतामा महोत्सवको उद्घाटन गरेका थिए ।
उद्घाटन समाहरोहमा कर्णाली प्रदेशका पूर्व पर्यटन मन्त्री कृष्ण कुमार विसी, सांसदहरु ईन्द्रा शाही, जिल्ला समन्य समितिका संयोजक नमराज शाही, प्रमुख जिल्ला अधिकारी नवराज जैसी लगायतका सहभागी छन् ।
जिल्लामा उत्पादित कृषिजन्य वस्तुको बजारिकरण, स्थानीय कला र संस्कृतिको संरक्षण तथा पर्यटकिय क्षेत्रको प्रचारप्रसारका लागि दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सव–२०८१ को आयोजना गरिएको महोत्सव संयोजक भुपेन्द्र शाहीले बताए । चैत्र २६ गतेदेखी बैशाख ५ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । महोत्सव अवधीभर जिल्लाका स्थानीय तहमा उत्पादन हुने कृषि वस्तुहरूको वजारिकरणका साथै स्थानीय कलासंस्कृति झल्कने लहरेपैसरी नाच, ढाल तरवार नाच, देउडा तथा रत्यौली नाच, हुड्के नाच, मयुर नाच, टप्पा नाच, गर्रा नाच प्रदर्शनी एवं प्रवद्र्धन गरिने संयोजक शाहीले वताए ।
महोत्सव स्थलभित्र स्थानीय उत्पादन, कला, संस्कृति, पेसा–व्यवसाय र रैथाने परिकार प्रदर्शन तथा व्यापारिक प्रायोजनका लागि एक सय भन्दा बढि स्टल राखिने आयोजक संस्थाहरुले जनाएका छन् ।


रेडियो मातृभूभी एफ.एम. ९६.५ मेगाहर्ज दैलेख र स्वाच्छ शहर निर्माण केन्द्र दैलेख मुख्य आयोजक रहेको दैलेख साँस्कृतिक तथा पर्यटन महोत्सवको सहआयोजकमा नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दैलेख र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा दैलेख रहेका छन् ।



