पश्चिम नेपाल | ३ बैशाख २०८२, बुधबार ०८:०५
फिलिपिन्सको मिन्दानाओ टापुको दक्षिणी क्षेत्रमा बुधबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
अमेरिकी भूगर्भ विभाग अर्थात यूएस जियोलोजिकल सर्भे (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु मागुलिङबाट ३८ किलोमिटर दक्षिण–दक्षिणपश्चिम र माइतुमबाट ४० किलोमिटर दक्षिणपश्चिममा रहेको थियो।
फिलिपिन्स ज्वालामुखी र भूकम्प विज्ञान संस्थान अर्थात फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीले केन्द्रबिन्दु माइतुमबाट ४३ किलोमिटर दक्षिणपश्चिममा रहेको जनाएको छ।


यो क्षेत्र पहाडी र कम जनघनत्व भएको स्थानमा पर्छ। स्थानीय अधिकारीहरूले प्रारम्भिक जानकारीअनुसार भूकम्पबाट कुनै उल्लेखनीय क्षति वा मानवीय हानि नभएको बताएका छन्। एजेन्सी



