पश्चिम नेपाल | ३ बैशाख २०८२, बुधबार ०८:०७
अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
युरोपेली–भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको बागलानबाट १६७ किलोमिटर पूर्व र पारुनबाट ७५ किलोमिटर उत्तरपश्चिममा रहेको थियो।


भूकम्पको धक्का अफगानिस्तान, ताजिकिस्तान, किर्गिस्तान, भारत र पाकिस्तानसम्म महसुस गरिएको बताइएको छ। भूकम्पबाट हालसम्म कुनै क्षति भए/नभएको जानकारी आएको छैन।



