पश्चिम नेपाल | ३ बैशाख २०८२, बुधबार ०८:०९
हाल देशमा स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भागमा आंशिकदेखि साधारण बदली र बाँकी भागमा मौसम सफा रहनेछ।
दिउँसो कोशी प्रदेशसहित पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। उच्च पहाडी र हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति कोशी प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि साधारण बदली र बाँकी भूभागमा मौसम सफा रहनेछ।


कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ। उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।



