यामराज बिष्ट
दैलेख । नविन पाण्डेको सिजाली राजाको गौरव झल्काउने ‘दुल्लु दरबार’बोलको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ वर्ष २०८२ सालको उपहार स्वरूप सिजा सभ्यता र धर्म–संस्कृतिको सुगन्ध फैलाउने उदेश्यले यो गीत बजारमा ल्याएको सर्जक नविन पाण्डेले बताए ।
पेसाले राष्ट्रसेवक कर्मचारी पाण्डे बाल्यकाल देखि नै गीत संगितमा रुचि भएको उनले बताए । उनले आफूले यो गीतबाट सांगीतिक यात्राको सुरुवात यस गीतबाट सुरु गरेकाले अरु समयमा जागिर गर्दै बचेको समयमा गीत संगीतलाई पनि अगाडी बढाउने जानकारी दिए ।
सिजाली राजाको गौरव झल्काउने उदेश्यले यो गीत बजारमा ल्याएको गायक राजु केसिले बताए । उनले बजारमा आएको ‘दुल्लु दरबार’गीत सबैले रुचाउने बताए ।


राजु केसिको शब्द सिर्जना रहेको गीतमा चक्र बमको संगीत रहेको उक्त गीतमा चर्चित गायक चक्र बम, गायिका पूर्णकला बिसी, राजु केसी र इब्सल सन्ज्यालको स्वर रहेको छ । यस गीतमा चक्र बम, दिपा शाही, नविन पाण्डे र मिस पवीले लगायत कलाकारले अभिनय रहेको छ ।



