पश्चिम नेपाल | ८ बैशाख २०८२, सोमबार ०८:०९
कालीकोटकाे पलाँता गाउँपालिकाे थिर्पूदेखि खाद्यान्न लगेर खिन,धाैलागाेह जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
मृत्युु हुनेमा
पलाँता गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीया अम्मा शाही,वडा नम्बर ४ का ३८ वर्षीया सदु बुढा,साेही वडाका २३ वर्षीया रबिन्द्र विश्वकर्मा, र ट्याक्टर चालाक मुगुको खत्याडका चन्द्रप्रकाश रोकाया, रहेको प्रहरीले जनाएको छ।
राती-११:३० बजे पलाँता ९ थिर्पूबाट खिन जाँदै गरेको ट्याक्टर पलाँता गाउँपालिका-२ काे लार्फ गाउँ नजिक दुर्घटना परेको हाे।


घटनास्थलमै चालक सहित ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
ट्याक्टर दुई सय मिटर तल खसेकोले ट्याक्टर नम्बर पत्ता लगाउन कठिन भएको स्थानीयकाे भनाइ छ।



