☰ open Loading... 22 April 2025|  

पौडी खेल्ने क्रममा ३ जना बालक बेपत्ता
पश्चिम नेपाल   | ८ बैशाख २०८२, सोमबार १८:०८

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदिमा पौडी खेल्ने क्रममा ३ जना बालक बेपत्ता भएका छन् । सोमबार दिउँसो नदिमा बेपत्ता बालकहरूको खोजी कार्यको लागि सशस्त्र प्रहरी खटिएको छ ।

बेपत्ता भएकाहरूमा सोही ठाउँ बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राज यादव र १२ वर्षीय मुनु हरिजन छन् । उनीहरु सो नदिमा पौडी खेल्ने क्रममा आज दिउसो करिब साढे १२ बजे बेपत्ता भएको बताइएको छ ।

घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्था तालिम प्राप्त सुरक्षा फौज घटनास्थल पुगेर उनीहरूको खोजी कार्यमा परिचालन भएको छ ।