☰ open Loading... 22 April 2025|  

पोषण सुधारका दैलेखका ५ स्थानीय तहमा कार्यक्रम
पश्चिम नेपाल   | ९ बैशाख २०८२, मंगलवार ०९:४२

केयर नेपाल,आ.इ.डि र एभरेस्ट क्लब दैलेखको संयूक्त साझेदारीमा संचालित पोषण परियोजना दैलेख जिल्लाका ५ वटा स्थानीय तहमा संचालन रहेको छ । आमा तथा बच्चाको कल्याण गरि आमा र बालबालिकाको स्वास्थ तथा पोषण स्थितीमा सुधार गर्ने उदेश्यले काम गरिरहेकोे हो ।

स्वास्थ प्रणाली, खाद्य प्रणाली र बजारीकरणलाई आधुनिक व्यवस्थापन गर्न बहुक्षेत्रिय पद्धति र अवधारणा अबलम्न गरि समुदाय विभिन्न कार्यक्रम संचालक भइरहेका छन् । जिल्लाका ५ स्थानीय तहमा प्रत्यक्ष २५०० घरधुरीका सुनौलो १०० दिने आमाहरुलाई पोषण बगैंचा निर्माणमा सहयोग पुग्ने हेतुले प्रत्येक आमालाई किसान कार्डमा दश हजार पाँच सय रुपैयाँमा डिजिटल बैठकद्वारा सहयोग गरिएको छ । त्यस्तै अन्य प्रजनन उमेर समुहका महिला, किशोरीहरु, दलित, जनजाति, पछाडी पारिएका समुदाय र ५ बर्ष मुनीका बालबालिका परियोजनाका लक्षित समुह रहेको छन् ।

सुनौलो हजार दिनका आमाहरु, प्रजनन उमेर समुह महिला र स्वास्थ सेवाबाट बन्चितकरण रहेको महिलाहरु लक्षित गरि विभिन्न क्रियाकलापहरु संचालकमा रहेका छन । आठबीस नगरपालिका आयोजना र पोषण परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा २०८२ बैशाख ४ गते पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको समिक्षा तथा बैठक सम्पन्न भएको छ । बैठकमा आठबीस नगरपालिकामा बहुक्षेत्री पोषण योजनालाई सफल कायान्वयन गर्न हालसम्म सम्पन्न भएको गतिविधिहरुको सुक्ष्म समिक्षा र आगामी ३ महिना गर्ने कामको योजना गरिएको थियो । साथै पोषण परियोजनाले हालसम्म सम्पन्न भए गरेका सम्पुर्ण क्रियाकलापहरु प्रस्तुति स्वास्थ अधिकृत नेत्र जंग शाही गरेका थिए र बैठक बहुक्षेत्रिय पोषण योजना तेस्रोको अवधारणा, पोषण मैत्री स्थानिय शासन प्रबन्धक र पोषण परियोजनाको बिस्तृत प्रस्तुती केयर नेपालका स्वस्थ तथा पोषण प्रणाली अधिकृत सेत बहादुर भुलले गरेका थिए ।

बैठकले आठबीस नगपालिकामा भित्रमा पोषण परियोजनाले हालसम्म सम्मान गरेका र निरन्तर संचालकनमा रहेको विभिन्न क्रियाकलापहरु अनुगमन तथा सुपरिवेक्षण गर्नु योजना तयारी गरि बैठक सम्मान भएको थियो ।

आठबीस नगरपालिका प्रमुख तर्क बहादुर बडुवालको नेतृत्वमा सम्बन्धि दुबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, बहुक्षेत्रीय पोषण योजना अन्तर्गतक ७ वटा विषयत शाखाका प्रमुखहरु सहभागीता रहेको थियो । स्वास्थ शाखा प्रमुख देबराज तिमिल्सेना, जनस्वास्थ्य अधिकृत प्रकाश भट्ट, खानेपानी तथा सरसफाइ शाखा प्रमुख नवीन खनाल, पशुपन्छी बिकास शाखा प्रमुख डा.निशा ज्ञावाली, महिला बिकास शाखा प्रमुख, शिक्षा शाखा प्रमुख,कृषि शाखा प्रमुख, केयर नेपाल स्वस्थ तथा पोषण अधिकृत सेत बहादुर भुल, एभरेष्ट क्लब दैलेख पोषण परियोना स्वस्थ अधिकृत नेत्रजग शाही, ललित थापा, रामबहादुर बिक लगायत सम्पुर्ण कर्मचारीहरु सहभागिता रहेको थियो ।

अनुगमन टोलीले स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरणहरु, पोषण बगैंचा, स्वास्थ्य आमा समुह साथ बिधि, सामुदायिक कृषि सिकाइ केन्द्र, सरसफाइ व्यवस्थापन, चर्पी निर्माण कार्य, कुपोषण बच्चालाई पोषण प्याकेज र आमाहरुमा आएको पोषण व्यबहार परिवर्तनको अनुगमन र अन्तरकिरया गरेको थियो ।

सिगौडी स्वास्थ्य चौकी र सातला स्वास्थ चौकी, जनजागृती स्वास्थ आमा समुह , सुकिपिपल स्वास्थ आमा समुहमा अनुगमन गरेको थियो । अनुगमनपछि वडा अध्यक्षको अध्यक्षतामा अनुगमनको समिक्षा गरिएको थियो । साथै एक कार्यक्रमका बीच सातला स्वास्थ चौकीलाई १६ लाख बराबरको ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको छ । केयर नेपाल पोषण परियोजना स्वास्थ अधिकृत सेत बहादुर भुलले पालिका प्रमुखलाई हस्तान्तरण गर्नु भयो र पालिका प्रमुख तर्क बहादुर बढवालले स्वास्थ व्यवस्थापन समिति अध्यक्ष एवम् वडाअध्यक्षलाई दिएका थिए । पालिका प्रमुखले पोषण परियोजनाले गरेको अतुलनीय योगदानको कदर गरि परियोजनाका कर्मचारीहरु धन्यवाद साथ संमान गरेको थियो ।