☰ open Loading... 25 April 2025|  

सुनको मूल्यमा भारी गिरावट
पश्चिम नेपाल   | १० बैशाख २०८२, बुधबार ११:४७

दुई लाख नजिक पुगेको सुनको मूल्यमा भारी गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुन तोलामा ७ हजार पाँच सय रुपैयाँले घटेको हो। मंगलबार (हिजो) तोलामा सर्वाधिक १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो।

छापावाल सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

आज चाँदी पनि ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ पुगेको महासंघले जानकारी गराएको छ।