कर्णालीमा प्रदेशस्तरमा जेष्ष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरण कार्यक्रम गरिएको छ । जसमा परम्परागत कला, संस्कृती र सीपको संरक्षण गर्ने उद्देश्यले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले वीरेन्द्रनगरमा कार्यक्रम गरेको हो ।
अन्तरपुस्ता सीप हस्तान्तरणका लागि जेष्ठ नागरिकको ज्ञान, सीप र अनुभव आदानप्रदान कार्यक्रममा जेष्ठ नागरिकहरुसहित सरकारी विद्यालयहरुमा विद्यार्थीहरु सहभागी थिए । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको समन्वयमा सीप हस्तान्तरण कार्यक्रम भएको हो । नयाँ पुस्तालाई जेष्ठ नागरिकहरुले डोको लगायतका सामाग्री बुन्ने तयारी सिकाएका थिए भने, पहिले आफुहरुले भएगरेका अनुभवहरु सुनाए । उनीहरुले नयाँ पुस्तामाँझ धेरै सुविधाहरु आएसंगै जिवनयापनमा सहज भएको बताए ।
पुराना पुस्ताले प्रयोग गर्ने सामाग्रीहरुको धेरै विकल्पहरु आएको समेत कार्यक्रम बताए । समय परिवर्तनले धेरै कुराहरु सहज बनाएको अनुभव जेष्ठ नागरिकहरुले राखेका थिए । जेष्ठ नागरिकहरुको सीप, अनुभव सुन्दा विगतका बारेमा थाहा पाउने अवसर मिलेको वीरेन्द्रनगर नगरपालिका –१२ अमरज्योती माध्यमिक विद्यालयमा कक्षा –९ मा अध्यारत्त विद्यार्थी आशिस ढकालले बताए ।


कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विगतका कुरो सर्ने चलन हट्दै गरेकोले नयाँ पुस्तासम्म पुग्न नपाएको बताए । कलासंस्कृती, परम्परादेखि सीपहरुसम्म नयाँ पुस्तामा हस्तान्तरण भए दुई पुस्ताविच सम्वन्ध अँझ गाढा हुने मन्त्रीले बताए ।
त्यस्तै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले आफु ७९ वर्षको भएपनि धेरै कुराहरु अँझै सिक्दै गरेको बताए । ‘आजभोलीका बच्चाहरुमा प्रविधिका कारण धेरै ज्ञानहरु हुने गरेको छ ।’ मन्त्री साह सुडीले भने, हामीले विभिन्न शासनहरुले ब्यवस्था परिवर्तनसम्म लागेर नयाँ पुस्ता यति स्वतन्त्रतामा जिवन विताउन पाएका हुन् । पुरानो पुस्ताले गरेको दुःख नयाँ पुस्तासम्म पुग्दैपर्छ । अनि उनीहरुले बुझ्ने मौका पाउनेछन् ।’



