नेपालमा स्थानीय वायुको आंशिक प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम बढ्दै छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्य रूपमा सफा छ।
दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।


गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हिमपातको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्का वर्षा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो लहरको सम्भावना छ। यसबाट बच्न महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



