☰ open Loading... 5 May 2025|  

विद्यालयमा अक्षयकोष स्थापना
पश्चिम नेपाल   | १३ बैशाख २०८२, शनिबार १९:५४

 

 

यामराज बिष्ट
दैलेख बैशाख१३ गते । दैलेखको महाबु गाँउपालिका–२स्थीत रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न, जेहेनदार र अशक्त विद्यार्थीहरुका लागि अक्षयकोष स्थापना गरिएको छ । महाबु गाँउपालिका–२स्थीत रहेका४वटा सामुदायिक विद्यालयमा अक्षयकोष गरिएको हो ।
महाबु गाँउपालिका–२स्थीत रहेका नेराआवि आटिपाटामा एक लाख एघार हजार एक सय एघार रुपैयाँ ,नेराआवि केउरेपानी एक लाख एघार हजार एक सय एघार रुपैयाँ ,शिव नेरा आबी मान्मा एक लाख एघार हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरिएको महाबु गाँउपालिका–२का वडाध्यक्ष प्रकाश राज थापाले जानकारी दिए । उनले स्वर्गीय आमा लता थापाको सम्झनामा गरिएको अक्षयकोषले गरिबी र विपन्नताका कारण बीचमै पढाई छाड्ने प्रवृत्ति बढेकाले यस्ता कोषले विद्यार्थीहरुलाई सहयोग गर्ने विश्वास व्यक्त गरे ।

यसैगरी महावु गाउँपालिकाका अध्यक्ष स्वर्गीय लछुमन गुरुङको स्मृतिमा उनको परिवारले जगदिस माविमा पाँच लाख रुपैयाँ ,  स्वर्गीय बालाराम कार्की स्मृतिमा उनको परिवारले दुई लाख पाँच हजार अक्षयकोष स्थापना गरेका हुन् । विद्यालयमा अध्ययनरत गरिब,विपन्न बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको स्वर्गीय गुरुङका छोरा विनय गुरुङले जानकारी दिए ।