☰ open Loading... 5 May 2025|  

बिहानै डोल्पामा भूकम्पको धक्का
पश्चिम नेपाल   | १४ बैशाख २०८२, आईतवार १२:२६

डोल्पामा भूकम्प गएको छ । आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको छ ।

यसअघि गोरखा भूकम्प गएको १० वर्ष पुगेकै दिन १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।