पश्चिम नेपाल | १४ बैशाख २०८२, आईतवार १९:१६
एक साताअघि रिलिज भएको गीत ‘मकैबारी दर्याम दर्याम’ले युट्युबको ‘नम्बर वान ट्रेन्डिङ’ कब्जा गर्न सफल भएको छ । गत शुक्रबार सार्वजनिक भएको उक्त गीत टिकटक, फेसबुक लगायतका सामाजिक सञ्चालमा चर्चित भएको हो ।
आईतबार साझसम्म यो गीतले २० लाख ९३हजारभन्दा बढी भ्युज पाइसकेको छ । गीतमा गायिका सुष्मा शाही ठकुरीका साथै विशाल सोनीको स्वर रहेको छ । विशाल सोनीकै शब्द रहेको गीतको संगीत सुदीप सेन्चुरीले गरेका हुन् । यस्तै गीतमा अभिनय सोनी र ऐलिना रायमाझीको रहेको छ ।


कमेडि शैलीमा तयार पारिएको छ । गीत विशाल सोनीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।



