‘रगत नालीमा होइन, नाडीमा बगाऔं’ बाबा हरदेव सिंह महाराजको भनाइलाई स्मरण गर्दै नेपालसहित विश्वभर मानव एकता दिवस मनाइएको छ । सन्त निरंकारी सत्संग भवन सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१ स्थित खोलीघोप्टेमा विशेष कार्यक्रमको आयोजना गरी एकता दिवस मनाइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले सम्पूर्ण मानवहरुको एकताबाट विश्वभर शान्ति, सद्भाव र भाईचारा फैलिने बताए । कार्यक्रममा विशिष्ट अतिथि सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय अध्यक्ष नर बहादुर रावल, विशिष्ट अतिथिका रुपमा प्रदेश सभा सदस्य जानकी सिंह, विशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख गंगाराम सुनार, चौकुने गाउँपालिकाका उपाध्यक्ष नरबहादुर बान्तोला , वीरेन्द्रनगर नगरपालिका –१ का वडाअध्यक्ष दिनेश खत्री, वीरेन्द्रनगर सत्संग भवनका प्रमुख लिलाराम पुरी लगायत वुद्धिजिवी, समाजसेवीहरु सहभागी थिए ।
मानव एकता दिवशमा रक्तदानसंगै आयोजित प्रवचन कार्यक्रममा १ हजारभन्दा बढीको सहभागी थिए । मानव एकता दिवशको स्वागत बलभद्र पुरीले गरेका थिए । मानव एकता दिवशको अवसरमा सत्संग भवनमा रक्तदान कार्यक्रम समेत गरिएको जनाईएको छ ।
त्यस्तै अछामको ढकारी गाउँपालिका –७ बस्ने वर्ष खगेन्द थापाको छोरा ९ को कमल थापालाई भिरबाट खसेको ढुंगा लागेर प्रदेश अस्पता सुर्खेतमा आईसियूमा उपचार गराईरहेको हुँदा मण्डलको तर्फबाट संकलन भएको केन्द्रिय अध्यक्ष नरबहादुर रावलले १६ हजार ५ सय रुपैँया सहयोग रकम हस्तान्तरण गरेका थिए ।
वीरेन्द्रनगरस्थित सोलीघोप्टेमा सन्त निरकारी मण्डलको निर्माधिन भवनको प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य महानुभावहरुबाट अवलोकल भएको छ । अवलोकनपछि भवन निर्माणमा सक्दो सहयोग गर्ने बचन दिएको जनाईएको छ ।





