हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि प्रभाव छ।
महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ। देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हुरी चल्ने सम्भावना छ।


आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।



