☰ open Loading... 5 May 2025|  

पेट्रोलमा दुई रूपैयाँ र डिजल/मट्टीतेलमा एक रुपैयाँ घट्यो
पश्चिम नेपाल   | १८ बैशाख २०८२, बिहीबार ०६:०४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

जस अनुसार पेट्रोलको मूल्यमा २ रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धन मूल्यमा ४ रुपैयाँ घटाइएको छ।