☰ open Loading... 5 May 2025|  

सवारी दुर्घटनामा परी एक जनाको निधन, ६ घाइते
पश्चिम नेपाल   | १८ बैशाख २०८२, बिहीबार २१:४०

बिहीबार भएको सवारी दुर्घटनामा परी उदयपुरमा एक जनाको निधन भएको छ। मदन भण्डारी लोकमार्ग अन्तर्गत साँझ ५ः०० बजे कटारी नगरपालिका ६ स्थित सोमबारेमा भएको स्कारपियो दुर्घटनामा पर्दा झापाको दमक नगरपालिका-३ का ५५ वर्षीय माधव बस्नेतको निधन भएको हो।

चितवनबाट झापातर्फ जाँदै गरेको मे १ च ३०४० नं. को स्कारपियो आफैँ अनियन्त्रित भई सडक छेउको फलामे ट्रष्ट बेरियरमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घाइते बस्नेतलाई तत्काल उद्धार गरी उपचारार्थ कटारी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा परी जिपमा सवार ६ जना यात्रु घाइते भएका छन्। चालक दमक ९ का ३८ वर्षीय देबेन्द्र तामाङ, दमक १० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारी, दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक ६ का ५४ वर्षीय कमल श्रेष्ठ, दमक २ का ३८ वर्षीय नबिन खतिवडा र झापाकै गौरादह नगरपालिका १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन्। उनीहरू सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय प्रमुख डिएसपी कमल बजगाईको कमाण्डमा खटेको टोलीले दुर्घटनाका घाइतेहरूको उद्धार गरी उपचारार्थ अस्पताल लगेको हो। मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पतालमै राखेर आफन्तलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।