☰ open Loading... 5 May 2025|  

राष्ट्रिय युवा परिषद्को सदस्यमा प्रतिमा खड्का नियुक्त
पश्चिम नेपाल   | १९ बैशाख २०८२, शुक्रबार १५:५९

दैलेख- युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषदको सदस्यमा प्रतिमा खड्कालाई नियुक्त गरेको छ । उनलाई युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त गरिएको हो ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा ५को उपदफा १ अनुसार खड्कालाई नियुक्त गरिएको हो ।

दैलेखको नारायण नगरपालिका- ८का घर भएकी उनको पदावधि चार वर्षको हुनेछ । प्रतिमा हाल दैलेख जेसिज बर्ष २०२५ को अध्यक्ष तथा नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु केन्दिय सदस्य समेत रहेकी उनले युवाको नेतृत्व विकास, अधिकार प्राप्ती लगायतका क्षेत्रमा काम गरिरहेकी छिन्।