यामराज बिष्ट
दैलेख बैशाख १९गते । नेपाल पत्रकार महासंघको दैलेख शाखाले निःशुल्क रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर संञ्चालन गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा रक्तदान कार्यक्रम तथा स्वास्थ्य शिविर कार्यक्रम अयोजना गरेको हो ।
नेपाल पत्रकार महासंघ दैलेख शाखाको आयोजना र स्वास्थ्य सेवा कार्यालय दैलेखको सहयोगमा गरिएको कार्यक्रममा स्थानीय नागरिक र जिल्लाका पत्रकारहरूको स्वास्थ्य परीक्षण शिविर गरिएको नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले जानकारी दिए ।


यसैगरी विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा भोली महासंघको दैलेख शाखाको वार्षिक साधारणसभा गर्ने तयारी गरिएको उनले बताए ।शिविरमा सुगर, प्रेसर, सम्बन्धित रोगहरूको परीक्षण गरिएको र ५१जनाको स्वास्थ्य जाँच गरिएको हो । निःशुल्क स्वास्थ्य परीक्षण स्थानिय नागरिक, पत्रकारले रक्तदान गरेका छन् ।



