पश्चिम नेपाल | २० बैशाख २०८२, शनिबार १२:१५
आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभात फेरि गरिएको छ। गणेश चोकबाट सुरु भएर प्रभात फेरि जिविसहलमा पुगेको थियो।
जिविस हलमा अन्तरक्रिया तथा साधारण सभा पनि गरिएको छ। जिल्लाबाट पत्रकार महासंघ प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने वर्तमान र पूर्व सदस्य पदाधिकारी अध्यक्षहरूलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासङ्घ केन्द्रीय नगेन्द्र उपाध्याय, विशेष अतिथि कर्णाली प्रदेश पत्रकार महासंघका अध्यक्ष विष्णु प्रसाद शर्मा, कार्यालय प्रमुखहरू राजनीतिक दलका प्रमुखहरू सहभागी थिए। पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनारले कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएको थियो।





