☰ open Loading... 5 May 2025|  

कोहलपुर–सुर्खेत ‎प्रसारण लाइन : विवादित स्थलमा सुरक्षा घेरामा काम गरिँदै
पश्चिम नेपाल   | २० बैशाख २०८२, शनिबार २२:२१

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवादित स्थल बाँकेको बानियाभारमा सुरक्षा घेरामा काम सुरु भएको छ।  ‎स्थानीयको अवरोधका कारण जम्मा तीन वटा टावर निर्माण र आसपासका रुख कटानमा विलम्ब भएको थियो । ‎

स्थानीयले प्राधिकरणका कर्मचारीलाई गाउँ प्रवेशमा नै निषेध गर्दै आएका थिए ।  ‎‎१३२ केभी विद्युत् प्रसारण लाइन सुर्खेत–दैलेख हेर्ने प्राधिकरणका कर्मचारी मिलन सुवेदीका अनुसार पटक पटक छलफल गर्दा पनि स्थानीय सहमतिमा नआएपछि प्रहरीको सुरक्षा घेरामै काम सुरु गर्नुपरेकाले हो ।

494830054_1138622314702929_6363664895349882411_n

‎‎उक्त ठाउँ वरपर करिब २ सय रुख कटान गर्नुपर्ने उनले बताए । ‎यसअघि स्थानीय विकल्प खोज्नुपर्ने भन्दै अदालत पनि गएका थिए । स्थानीयवासीद्वारा दायर रिट अदालतले खारेज गरिदिएको थियो । तर पनि स्थानीयको अवरोध कायमै रहेको थियो ।

‎‎बानियाभारमा जम्मा तीन वटा टावर मात्र निर्माण गर्नुपर्ने छ। तीन वटा टावर निर्माण गर्दा करिब ७५ जनाको जमिन प्रभावित हुन्छ । केही व्यक्तिको घरलाई समेत असर पार्ने देखिन्छ । प्रत्येक स्थानीयको १० धुरदेखि ६ कट्ठासम्मको जमिन छ भने प्रसारण लाइन विस्तार गरे सबै जमिन प्रयोग गर्न नमिल्ने हुँदा स्थानीयले अवरोध गरेका थिए ।

494830038_23900766752861800_2267259019575107678_n

‎‎उक्त ठाउँमा विवाद हुँदा नै आयोजना निर्माणमा ढिलाइ भएको छ। यो आयोजनाको तेस्रो पटक थपेको म्याद  गत पुसमा सकिएको छ । असार सम्मका लागि चौथो पटक म्याद थप गरिएको आयोजना प्रमुख रविकुमार चौधरीले बताए।

‎‎०७७ भदौ ७ गते सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भएको थियो ।

489733719_1028749982540777_6510637844716636496_n

‎‎यद्यपि कम्पनीले विभिन्न कारण देखाउँदै ०७७ भदौपछि मात्रै काम थालनी गर्‍यो । ०७९ सम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि विभिन्न ठाउँमा भइरहेको अवरोध, सरकारी प्रक्रियामा ढिलासुस्ती, कोरोना महामारी (कोभिड–१९) का कारण ढिलाइ भएको आयोजना प्रमुख चौधरीले बताए। ‎०४६ सालदेखिकै योजना भए पनि काम भने ०७७ सालपछि मात्रै सुरु भयो ।

‎०६७ सालदेखि डीपीआर र वातावरणीय अध्ययनको काम अगाडि बढाइएको थियो । एक अर्बभन्दा बढी लागत अनुमान रहेको यो आयोजनामा अहिले भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले ७० करोड रुपैयाँ लागतमा काम गरिरहेको छ ।

-रातोपाटीबाट