पश्चिम नेपाल | २१ बैशाख २०८२, आईतवार ०७:५९
दैलेखमा चट्टयाङ लागेर एक जनाको मृत्यू भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ३१ वर्षीय दशरथ शाहीकाे मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए ।
शनिबार साँझ घरकै आगनमा परेको चट्टयाङले घाइते भएका एकै परिवारका चार जनालाई उपचारका लागि दैलेख अस्पताल ल्याउदै गर्दा उनको मृत्यू भएको प्रहरीले जनाएको छ । चट्टयाङले घाइते भएकी दशरथकी श्रीमति २७ वर्षीया विपना शाही, ११ वर्षकी छोरी र ३ वर्षको छोराको दैलेख अस्पतालमा उपचारपछि फर्किसकेका छन् ।





