गणेश बहादुर शाही, दैलेख | २२ बैशाख २०८२, सोमबार ०९:३१
आठबिस नगरपालिकास्थित राकम कर्णालीमा घाँस काट्ने क्रममा करेन्ट लागेर २९ वर्षीय नगेन्द्र बहादुर माझीको मृत्यु भएको छ। विद्युत कार्यालयको लापरवाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै सोमबार कर्णाली राजमार्ग अवरुद्ध गरिएको छ।
मृतकका आफन्तहरूले राजमार्ग अवरुद्ध गर्दा यातायातका साधनहरू राकममै रोकिएका छन्। पीडित पक्षसँग प्रहरीले छलफल गरिरहेको छ। पीडितहरूले उचित क्षतिपूर्तिको माग गरेका छन्।





