☰ open Loading... 23 June 2025|  

जीवन बचाइदिन क्यान्सरपीडित परिवारको अपिल
पश्चिम नेपाल   | २८ बैशाख २०८२, आईतवार १८:३१

यामराज बिष्ट
दैलेख ।क्यान्सरको उपचारका लागि थम्बबहादुर विष्टका परिवारले आर्थिक सहयोगको अपिल गरेका छन् । डुङ्गेश्वर गाउँपालिका–२लाकुरीका३५वर्षीय थम्बको आर्थिक अवस्था कमजोर भएकाले उनको परिवारले सहयोगको अपिल गरेका हुन्।

उनको चार महिना यता देखि भारतको सुरत नौसारी अस्पतालमा उपचार भइरहेको छ । आर्थिक अवस्था कमजोरका कारण घर परिवारलाई सहजता होला भनेर थम्ब करिब १५ बर्ष यता देखि भारतको सुरतमा रोजगारी लागी काम गर्दै थिए । चार महिनादेखि क्यासर रोगबाट थलिएका थम्ब जीवन मरणको दोसाँदमा छन् ।
मुखको क्यान्सर भएर भारतको सुरत नौसारी अस्पतालमा उपचाररत रहेको डुंगेश्वर गाउँपालिका–२ का वडाध्यक्ष यामबहादुर विष्टले जानकारी दिए । चिकित्सकको सल्लाह अनुसार थम्बलाइ निरन्तर अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

उपचार अत्यन्त महँगो भएकोले घर परिवारलाई आर्थिक रूपमा धान्न गाह्रो भइरहको उनको भनाइ छ । उनले भने, “दुवै छोराछोरी पढ्दैछन्। कठिन परिस्थितिमा सबै सहयोगी दाताहरु समक्ष आर्थिक सहयोग गरिदिन वडाध्यक्ष विष्टले अनुरोध गरेका छन् ।”

थम्बको उपचारका लागि बिहिबारसम्म संकलन भएको रकम १ लाख १० हजार वडाध्यक्ष विष्टले बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको उनले बताए ।क्यान्सरपीडित विजया थम्बकोलाई सहयोग गर्नका लागि डुङ्गेश्रर गाउँपालिका–२ का वडा अध्यक्ष यामबहादुर विष्टलको नाममा रहेको सानिमा बैंकको खाता नम्बर ०६००११०६०००१४४३ सहयोग गर्ने सकिनेछ । उनको उपचार गराउँदा अहिलेसम्म८लाख बढी रकम खर्च भइसकेको छ ।