☰ open Loading... 1 June 2025|  

रारा तालसम्म पर्यटन बस सञ्चालनसम्बन्धी अध्ययन टोलीले रारा पुगेर फर्कियो, मन्त्रीद्वारा स्वागत
पश्चिम नेपाल   | ३१ बैशाख २०८२, बुधबार १३:५९

काठमाडौँदेखि रारा तालसम्म नियमित पर्यटन बस सेवा सञ्चालनका सम्भावनाबारे अध्ययन गर्न गठित अध्ययन टोली रारा ताल पुगेर सोमबार सुर्खेत फर्किएको छ।

कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त अध्ययन टोलीलाई स्वागत गर्नुभएको हो।

टोलीले रारा यात्रा क्रममा देखिएका चुनौती र समस्या सम्बन्धमा मन्त्रालयलाई विस्तृत जानकारी गराएको छ। टोलीका अनुसार होटल तथा बास को अबस्था, सडकको अवस्था, पूर्वाधारको अभाव, पेट्रोलियम पदार्थको पहुँच, पर्यटक सुविधाको अभाव लगायतका चुनौती समाधान गर्न जरुरी रहेको बताएका छन्।

स्थानिय व्यवसायी तथा सरोकारवालाहरुले रारा तालसम्मको यात्रा सहज बनाउनका लागि सरकारको सहकार्य आवश्यक रहेको बताएका छन्। मन्त्री अधिकारीले मन्त्रालय पर्यटन पूर्वाधार विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै अध्ययन प्रतिवेदनका आधारमा आगामी नीति तय गरिने जानकारी दिनुभयो।