☰ open Loading... 1 June 2025|  

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ
पश्चिम नेपाल   | ३ जेष्ठ २०८२, शुक्रबार ११:३६

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–२ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थली बस्ने ४२ वर्षीय सन्तोष कुमार यादवलाई प्रहरीले ५ लाख ७० हजार घुससहित पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित एक रेस्टुरेन्टबाट उनलाई घुससहित बिहीबार पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खोटाङमा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानीमा विभिन्न बहानामा दुःख दिने गरेको सूचनाका आधारमा पक्राउ गरेको हो ।