पश्चिम नेपाल | ४ जेष्ठ २०८२, शनिबार १९:३८
दैलेख – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैलेख सदरमुकामको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति दैलेखले शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।


जेठ ३ गते अछामको मङ्गलसेनमा जनसंवाद र आईतबार दैलेख सदरमुकाममा जनसभा कार्यक्रम राखिएको हो ।मध्यपहाडी लोकमार्ग अभियान अघि माओवादी केन्द्रले तराई–मधेश केन्द्रित अभियान गरेको माओवादीले शुक्रबारदेखि ‘जनतासँग माओवादी मध्यपहाडी राजमार्ग जनजागरण अभियान’ शुरू गरेको थियो ।



