☰ open Loading... 21 June 2025|  

जीवन उपयोगी सीप विकास तालिम
पश्चिम नेपाल   | ३ जेष्ठ २०८२, शनिबार २०:२४

 

दैलेख –दैलेख सदरमुकाममा अपांगता भएका व्यक्तिहरुका लागि जीवन उपयोगी सीप विकास तालिम प्रदान गरिएको छ ।  सि.वि.एम ग्लोबल नेपाल र सोसेक नेपालको साझेदारीमा सञ्चालित हातेमालो हाम्रो आवाज हाम्रो सहभागिता परियोजनाको सहजीकरणमा अपाङ्गंता भएका व्यक्तिहरुको लागि जीवन उपयोगी सीप विकास तालिम नारायण नगरपालिका ,भैरबी गाँउपालिका र नौमूले गाँउपालिकामा गठन गरिएका अपाङ्गंता स्वावलम्बन समुहका  ४० जना सदस्यलाई तालिम प्रदान गरिएको हो ।

 

सहभागीलाई आफुले तालिमबाट सिकेका सीपलाई अनिवार्य व्यवहारमा उतार्न  सोसेक नेपालका कार्यकारी हीरासिंह थापाले आग्रह गरे ।कार्यकारी निर्देशक थापाले भने, “अझै पनि हाम्रो समाजमा अपांगता भएका व्यक्तिप्रति पुरानो दृष्टिकोण विद्यमान छ। हामीले सोच र व्यवहारमा आमूल परिवर्तन ल्याउनु आवश्यक छ ।” आर्थिक अबस्था कमजोर भएको कारण हामी पछाडि परेको हैन हामी अपाङ्गता भएको कारणले म गर्न सक्दैन भनेर पछाडि परेका हौं ।

यस्तै तालिममा प्रशिक्षक टेकराज आचार्यले अपांगता सम्बन्धी विविध विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रम संयोजक भिमबहादुर केसीले परियोजनाले आगामी दिनमा अपांगता भएका व्यक्तिहरुको सामाजिक तथा आर्थिक सशक्तिकरणका लागि थप सहयोग कार्यक्रम ल्याउने योजना रहेको जानकारी दिए ।

तालिमको क्रममा सहभागीहरूले आफ्नो जीवनमा आत्मनिर्भर बन्न र सशक्त व्यवसायीका रूपमा अगाडि बढ्न आवश्यक सीपहरू सिकेको बताएका छन् ।उनीहरुले  अपांगता भएका व्यक्तिहरू पनि सक्षम उद्यमी बन्न सक्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा सीप विकाससँगै आयआर्जन र सामाजिक सचेतनाका कार्यक्रम आवश्यक रहेकोमा जोड दिएका थिए ।