☰ open Loading... 1 June 2025|  

जुम्लामा चट्याङ लागेर २० भेडा मरे
पश्चिम नेपाल   | ४ जेष्ठ २०८२, आईतवार १५:३५

जुम्लाको गुठिचौर गाउँपालिका झुलेनी भन्ने ठाउँमा चट्याङ लागेर २० वटा भेडा मरेका छन्। चट्याङबाट दुई जना किसानका २० वटा भेडा मरेका हुन्।

शनिबार साँझ पाँच बजेतिर झुलेनीमा परेको चट्याङले जुम्लाको गुठिचौर गाउँपालिका गोठिगाउँका २ जना भेडा पालक किसानका भेडा मरेका हुन्। गाउँपालिका-२ का स्थानीय युवा विरेन्द्र बोहोराका अनुसार हिरबहादुर ऐडी र धनकृष्ण रोकाया भेडा मरेका छन्। पानी परेको बेला रुखमुनी ओतमा बसेको समयमा चट्याङ परेको थियो।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले दुई जना किसानका २० वटा भेडा मरेको तथ्याङ्क आएको बताए। उनले भने, हिरबहादुरका १६ वटा धनकृष्ण रोकायाबा ४ वटा मरेका हुन्। हिरबहादुरका ५० वटा, धनकृष्णका ३० वटा भेडाबाख्रा छन्।