दैलेख । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्या नजिकबाट सुन्नका लागि अभियान सञ्चालन गरिएको बताए । ‘जनतासँग माओवादी ः मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान’ अन्तर्गत दैलेख सदरमुकाममा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उनले जनजागरण अभियानमार्फत सरकारलाई खबरदारी गरिने बताए ।


उनले माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारले देशमा ठुलठुला विकास आयोजना अघि बढेको दाबी गरे ।उनले भने,“अभियानको मूल उद्देश्य भनेको किसानका समस्या समाधानगर्दै कृषिमा क्रान्ति ल्याएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने हो ।’’
उहाँले कर्णाली प्रदेशका लागि प्याकेज कार्यक्रम ल्याएको बताए । उहाँले सदनमा जनताको पक्षमा ल्याएको कार्यक्रम किन सरकारले हटाएको भनेर खबरदारी गरेको समेत बताए । उनले अहिलेको सरकारले आफु प्रधानमन्त्री हुदाँ ल्याएको कार्यक्रम समेत हटाएको बताए ।तराई–पहाड र हिमाललाई एकताबद्ध रूपमा जोड्ने र यो अभियानमार्फत सरकारलाई खबरदारी गर्ने उनले बताए।



