दैलेख। भ्रष्टाचार, कुशासन र विकृतिविरुद्ध जनचेतना जगाउने उद्देश्यले कर्नालीमा सिस्नुपानी कार्यक्रम आयोजना गरिएको छ । दैलेख सदुमकाममा सिस्नुपानी नेपाल र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहकार्य नारायण नगरपालिका दैलेखको संयोजनमा ‘कर्नालीमा सिस्नुपानी’ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सामाजिक विसंगति र विकृतिहरूलाई सिस्नुपानी नेपालले व्यंग्यमार्फत उजागर गर्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले बताए । उनले रुकुम पश्चिमको मुसिकोटबाट सुरु गरिएको कार्यक्रम रुकुम पश्चिम ,जाजरकोट ,दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुसम्मको लागि तय गरिएकोे बताए ।


उनले कर्णालीमा कार्यक्रममा भनेजस्तो बिकाश नभएको गुनासो गरे । उनले सरकारबाट आम नागरीकले पाउनुपर्ने सेवासुबिधा अझै पनि नपाएकाले यो कार्यक्रम मार्फत खबरदारी गर्न यो कार्यक्रम गरिएको बताए । उनले सिस्नुपानी नेपालले व्यंग्यमार्फत राष्ट्रब्यापी रुपमा स्थानीय सरकारको सहकार्यमा देशको बिकाश फड्को मारोस् भन्ने उदेश्यले कार्यक्रम गरिएको बताए ।
यस्तै नारायण नगरपालिका दैलेखका नगरप्रमुख लोमन शर्माले यो कार्यक्रम हाम्रो लागी महत्वपूर्ण भएको बताए । उनले यो कार्यक्रमले धेरै राम्रो शन्देश दिन खोजेको बताइ । उनले सिस्नुपानीले सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर महत्वपूर्ण भूमिका खेलेको बताए ।



