☰ open Loading... 1 June 2025|  

हुम्लामा ५ हजार ३ मिटर ५० उचाईमा तीनवटा हिमताल भेटिए
पश्चिम नेपाल   | १२ जेष्ठ २०८२, सोमबार १३:५७

नाम्खा गाउँपालिका-६ तिल गाउँको बाढी पहिरोका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलिले तीनवटा हिमताल भेटिएको जनाएको छ। ५ हजार ३ मिटर ५० उचाईमा बाढी पहिरो अध्ययन गर्न आएको टोलीले तीनवटा हिमताल भेटिएको खानी तथा भू-गर्भ विभागका सिनियर डिभिजनल जिओेलोजिस्ट शिवकुमार बास्कोटले जानकारी दिए।

यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य बास्कोटाले बताए। अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।

जेठ १ गते राति एक्कासी बाढी आउँदा नाम्खा गाउँपालिका-६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो। बाढी पहिरोले १८ घरपरिवार विस्थापित भएका थिए। हिमालमा रहेका दुईवटा हिम पोखरीबाट बगेको पानीले बाढीको रुप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।