पश्चिम नेपाल | १४ जेष्ठ २०८२, बुधबार ०८:२९
लगातारको वर्षापछि आएको पहिरोले राप्ती राजमार्ग अवरुद्ध भएको छ। सल्यान प्रहरीका अनुसार बुधबार बिहान ४:४० बजे कपुरकोट गाउँपालिका–३ चोरखोलामा पहिरो खस्दा सडक बन्द भएको छ।
यो राजमार्ग सल्यान, सुर्खेतलगायतका क्षेत्र जोड्ने मुख्य मार्ग हो। पहिरोले सडकमा माटो र ढुंगा थुप्रिएकाले सवारी आवागमन ठप्प छ। सडक खुलाउन समय लाग्ने देखिएको छ।





