पश्चिम नेपाल | १८ जेष्ठ २०८२, आईतवार ०९:०७
दैलेख । राउटे समुदायका युवतीमाथि दुव्र्यवहार गरेको भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राउटे समुदायका युवतीहरूलाई गलत नियतसहित दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि आठबीस नगरपालिका–३ का २८ वर्षीय टोपेन्द्र शाहीलाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।


राउटे समुदायका युवतीमाथि दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी आएपछि टोपेन्द्र शाहीलाई घरबाटै पक्राउ गरी सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक देवीराम भण्डारीले बताए ।
१५ सकेन्ड लामो उक्त भिडियोको चार दिनअघि सार्वजनिक भएपछि अधिकारकर्मीहरुले उजुरी गरेपछि पक्राउ गरिएको उनले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



