कर्णालीको वीरेन्द्रनगरमा सुरू १६ वर्ष मुनिको टिबी स्मृति प्रथम राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश र कोशी प्रदेशले विजयी सुरूवात गरेका छन ।
कालुङ्चौक क्रिकेट मैदानमा भएको खेलमा मधेश प्रदेशले घरेलु टोली कर्णालीलार्इ ९२ रनले स्तब्ध पार्दै विजयी सुरूवात गरेको हो।
२१५ रनको लक्ष्य पाएको घरेलु टोली कर्णाली निकै फितलो ब्याटिङ गर्दै २५ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १२२ रनमै समेटिन पुग्यो।
कर्णालीका कस्तुप खड्काले २५ र बिजयी शाहीले १९ रन बनाउनु भयो।
टस जितेर पहिला ब्याटिंग रोजेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरमा सबै विकेट गुमाएर सम्ममा सबै विकेट गुमाएर २१४ रन बनाएका हो।
मधेसकालागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाउँदा सन्तु मण्डलले २८ रन रन जोड्नु भयो।


कर्णालीका कप्तान विपिन शर्माले १० ओभरमा सात मेडन सहित जम्मा तीन रन दिएर दुर्इ विकेट लिएपनि टोलीको हार टार्न सक्नु भएन।
यस्तै वीरेन्द्रनगर रंगशालामा भएको उद्घाटन खेलमा सुदूरपश्चिममाथि ७ विकेटको फराकिलो जीत निकाल्दै कोशीले विजयी सुरूवात गरेको हो ।
१०२ रनको सहज लक्ष्य कोशी पाएको कोशीको जीतमा शिवांश बजगाईँले ३४ तथा राजिव महतोले अविजित ३० रनको योगदान दिनुभयो।
टस जितेर फिल्डिंग रोजेको कोशीले सुदूरपश्चिमलार्इ जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदै अतिरिक्त १९ रन सहित जम्मा १०१ रनमै सिमित गर्यो ।
सुदूरकालागि अविरल विकले २८ र विक्रम बोहोराले २० रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन सकेन ।
कोशीकालागि राजीव महतोले ५ ओभर ३ बलमा २१ रन खर्चिएर ५ विकेट लिनु भयो ।
नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा कर्णाली प्रदेश क्रिकेट संघको सह–आयोजनामा हुने ७ प्रदेशबाटै खेलाडीहरु सहभागी छन।
प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीबाट १६ वर्षमुनिको राष्ट्रिय टोली छनोट गरिनेछ।



