पश्चिम नेपाल | २० जेष्ठ २०८२, मंगलवार १४:११
कर्णालीका स्थानीय तहका कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन् । १४ बुँदे सहमतिपछि कर्मचारीहरू आन्दोलनबाट पछि हटेका हुन् ।
कर्णालीको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनमा विभेद गरिएको भन्दै कर्मचारीले दुई साता बढीबाट वीरेन्द्रनगरमा आन्दोलन गर्दै आएका थिए । कर्णालीका ७९ वटै स्थानीय तहका कर्मचारीहरू कामकाज ठप्प पार्दै आन्दोलनमा थिए ।





