पश्चिम नेपाल | २१ जेष्ठ २०८२, बुधबार ०८:०३
कर्णाली प्रदेश सरकारले आज (बुधवार) आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउँदैछ । भोलि दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ ।
नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा प्रस्तुत गर्नेछन् । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेश सभा सचिवालयका सुचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।





