☰ open Loading... 21 June 2025|  

साथीले बोकेको भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु
पश्चिम नेपाल   | २३ जेष्ठ २०८२, शुक्रबार १३:१६

दैलेखमा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । सिकार खेलेर फर्किने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्केर मृत्यु भएको प्रहरीले जनाएको हो ।

महाबु गाउँपालिका–४ बतासेस्थित सिकार खेलेर आफ्नो गाउँ बस्तीमा पुग्नै लागेको बेला ३० वर्षीय सूर्यबहादुर थापा बलामी चिप्लिँदा उनीसँग रहेको बन्दुक पड्किएर पछाडि रहेका साथी पूर्णबहादुर थापा बलामीको छातीमा छर्रा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिएका छन् ।

जङ्गलमा सिकार गर्न गएका ६ जना मध्ये तीन जना माथिल्लो बस्ती पिपलडाँडा गाउँको आआफ्नो घरमा रोकिएका र बतासे गाउँका तीन जना घर पुग्न लाग्दा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।