☰ open Loading... 20 June 2025|  

सहमतिपछि उठ्यो वीरेन्द्रनगरको फोहोर
पश्चिम नेपाल   | २३ जेष्ठ २०८२, शुक्रबार १३:२७

सहमतिपछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको फोहोर फाल्न पाँच दिनदेखि उठ्न नसकेको फोहोर शुक्रवारदेखि उठेको छ । वीरेन्द्रनगर नगरपालिका –१ का स्थानीयहरुले विभिन्न माग राखेर फोहोरको गाडी ल्याण्डफिल्ड साईटमा प्रवेशमा रोक लगाएका थिए ।

स्थानीय प्रभावितहरुले उठाएका मागहरु वडा समिति मार्फत कार्यपालिका हुँदै नगर सभाबाट २०८२÷९८३ मौ कार्यान्वयन हुने जनाईएको छ ।

वडाका मागहरु वडाबाट कार्यपालिका हुँदै नगर भेला मार्फत सम्बोधन गर्ने लिखित सहमतिपछि फोहोरका गाडी चल्न थालेको संर्घष समितिका संयोजक बलभद्र पुरीले बताए ।