☰ open Loading... 20 June 2025|  

सुदूरपश्चिमकोे पहिलो जीत
पश्चिम नेपाल   | २३ जेष्ठ २०८२, शुक्रबार १३:३१

सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाचौं दिन शुक्रबार घरेलु टोली कर्णालीले निराशाजनक प्रदर्शन दोहोर्याउँदा सुदूरपश्चिमले पहिलो जीत हात पारेको छ ।

कालुंचोक मैदानमा कर्णालीले लुम्विनीलाई ८ विकेटसहितको नतिजा सुम्पिदा तुलनात्मक बलियो मानिएको मधेशलाई हराउँदै सुदूरपश्चिमले तेश्रो खेलमा पहिलो जीत निकाल्दै अंक तालिकामा २ अंकले खाता खोलेको छ ।

घरेलु मैदानमा टस जितेर पहिला ब्याटिंग रोजेको कर्णालीले सय रनपनि नकटाउँदै अलआउट भयो । जम्मा ९२ रन जोडेको कर्णालीका लागि सर्वाधिक रोशन शाहीले सर्वाधिक ३३ रनको योगदान दिए ।

जम्मा ३१ ओभरसम्म टिकेको कर्णालीका ओपनर कौस्तुभ खड्काले १७ र विजय शाहीले १३ रन जोडेपनि अरुले १० कटाउनसकेनन् सस्तैमा इनिंग समाप्ति भयो ।

घरेलु टोलीलाई निराश बनाउने क्रममा प्लेयर अफ दि म्याच बन्न सफल लुम्विनीका शुभम् खनालले ४ तथा प्रिन्स पल र लक्ष्मण कुमालले समान एक एक विकेट लिए ।

जवाफी ब्याटिंग गर्ने क्रममा लुम्विनीका आरिफ खानले नटआउट ३६रन जोड्दा ओपनरद्धय समिर अली मुसलमानले २७ तथा केशव विष्टले नटआउट २८ रन जोड्दै टिमका लागि जीत निश्चत गरेका थिए ।

उता वीरेन्द्रनगर मैदानमा भएको खेलमा मधेशले तेश्रो खेल्दासम्म पहिलो हारको सामना गर्दा सुदूपश्मिले पहिलो जीत आत्मसाथ गर्न पाएको छ ।
टस जितेर मधेशलाई पहिला ब्याटिंगका लागि निम्त्याएको सुदूरले जम्मा १८ दशमलव १ ओभरमा मधेशको पारी सीमित गनेद्यै ८६ रन मात्र जोड्ने मौका दियो ।

झिनो लक्ष्य बनाउने क्रममा मधेशका परिमर्जन यादवले सर्वाधिक ११ रन बटुल्दा नुमैर अहमदले १० रन बटुले भने अरुले दोहोरो अंक छुन सकेनन् ।

प्लेयर अफ दि म्यान घोषित सुदूरका सुशील रावलले ७ ओभर बलिंग गर्दा १ मेडन र २९ डट खेल्दै मधेशका ५ विकेट ढाले ।
८७ रन पछ्याएको सुदूरका लागि ओपनरद्धय विक्रम बोहोरोले जम्मा ३१ बलमा ४३ रन खेल्दै टीमलाई बलियो स्थितिमा पुर्याउँदा आयुष चन्दले ३४ रन जोड्दै ओपनरलाई राम्रो साथ दिए ।

पाँचौ दिनको खेल सकिंदासम्म ३ खेल खेल्दा २ मा जीत र एकमा हार व्यहोर्दै ४ अंक जोडेको लुम्विनी पहिलो र सोहि अवस्थाको मधेश दोश्रो तथा कोशी तेश्रो स्थानमा रहेका छन् ।

४ खेलमा जम्मा १ खेल मात्र जितेको घरेलुटोली कर्णाली भने चौथो स्थानमा रहँदा पाँचौमा बाग्मति,छैठौंमा सुदूरपश्चिम र सातौंमा गण्डकी रहेका छन् ।