दैलेखमा शैक्षिक गुणस्तर सुधारका लागीे सरोकारवालासँग शिक्षा संवाद गरिएको छ । पछिल्लो समयमा खस्कदो शैक्षिक गुणस्तर सुधारका लागि शिक्षाका लागी राष्ट्रिय अभियान नेपाल (एनसिई) दैलेखको आयोजनमा उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रममा नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले शिक्षा क्षेत्रको भएको समस्या समाधान गर्न सबैले सहयोग गर्नुपर्ने बताए । उनले पछिल्लो समयमा विद्यालयमा सुेवा सुविधा बढ्दै जाने र विद्यार्थि संख्या घट्दै जानुले शैक्षिक गुणस्तर कमि आएको बताए । उनले शिक्षकहरु पनि दुर्गममा जान नमान्ने भएकोले शिक्षकहरुलाई ब्यवस्थापन गर्न पनि निकै चुनौती भएको बताए । शिक्षा क्षेत्रममा भएको हरेक समस्या पुरा गर्न स्थानीय सरकार लागि परेको नगर प्रमुख शर्माको भनाई छ । उनले सामुदायिक विद्यालयको गुणस्तर खस्कँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।


स्थानिय सरकारले शिक्षा क्षेत्रमा गुणस्तर सुधार गर्न थप योजना बनाई कार्यान्वयन हुन आवश्यक रहेको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) दैलेखका संयोजक भरतराज अधिकारीले बताए । उनले शिक्षा क्षेत्रको गुणस्तरमा परिवर्तन ल्याउन सबैले शिक्षा क्षेत्रमा सहयोग गनुपर्ने बताए ।
यस्तै नारायण नगरपालिकाका शिक्षा शाखाका प्राबिधिक सहायक सुर्यलाल पाण्डेले भौतिक अवस्था, , शिक्षण सिकाइको अवस्था लगायत रैथाने वालिमा प्रर्वद्धन गर्न काम गरेको बताए । उनले शैक्षिक गुणस्तर सुधार गर्न नगरपालिकाले काम गरेको बताए । उनले खेलकुदमा क्षेत्रमा समेत काम गरेको बताए ।
शिक्षा क्षेत्रमा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावक बढी जिम्मेवार हुनुपर्ने शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) का केन्द्रिय सदस्य दुर्गा गिरीले बताइन् । उनले शिक्षामा गुणस्तरता ल्याउन सबैको महत्वपुर्ण भूमिका रहने बताइन् ।



